मिटरब्याज र लघुवित्त पीडित सडकमा

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १८ १६:०२ बजे
मिटरब्याज र लघुवित्त पीडित

 काठमाडौं । मिटरब्याज तथा लघुवित्त पीडितहरुले जनकपुरधाममा  विरोध प्रर्दशन गरेका छन् । रंगभूमि मैदान बाह्रविघाबाट सुरु भएका पीडितहरुको जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स एरियामा प्रदर्शन गरेका हुन् । मिटर ब्याज विरुद्ध संघर्ष समितिले १० सुत्रीय माग राख्दै प्रदर्शन गरेको हो ।

मिटरब्याज तथा लघुवित्त पीडितहरुले प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत घेराउ गर्ने प्रयास गरेका थिए । मधेश प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको उनिहरुको भनाई रहेको छ ।  

मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितहरुको जफत गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, मिटर ब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था, मिटर ब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीबाट पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने  उनिहरुका मागहरु रहेका छन् ।  

यस्तै तमसुक व्यवस्था खारेज गर्नुपर्ने, लघुवित्तको ज्यादती बन्द हुनुपर्ने, गरिबलाई झुक्याएर पैसा लुट्ने लघुवित्त माथि कारबाही गर्नुपर्ने लगायतको माग  पिडितहरुले राखेका छन् । 

मिटरब्याज पीडितमाथि सुदखोरको शोषण बढेको, मुद्दा लगाएर जेल पठाउने काम गरिरहेको र घर, घडेरी, सम्पत्ति गैरकानुनी रुपमा कब्जा गर्ने सिलसिला चलिरहेको मिटर ब्याज विरुद्ध संघर्ष समितिले जनाएको छ ।

मिटरब्याजसहित पछिल्लोसमय देखिएका लघुवित्तका समस्याहरु तत्काल समाधान नभए कडा संघर्षमा उत्रने  उनिहरुको भनाई रहेको छ ।  

२०७९ फागुन १८ १६:०२ बजे

प्रतिक्रिया