१८ वर्षमुनिका प्रयोगकर्ता लक्षित टिक-टकले ल्याउँदै गरेको नयाँ नियम , दैनिक १ घण्टा मात्र प्रयोग गर्न पाउने

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १८ १२:५४ बजे
टिक-टक

काठमाडौं । चर्चित भिडिओ शेयरिङ एप टिक टकले फेरी नयाँ नियम ल्याउने भएको छ ।  टिक टकले १८ वर्ष भन्दा मुनिका आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ नियम ल्याउने तयारी गरेको छ ।

टिक-टकको सुरक्षानीति तथा प्रयोगकर्ताको रुचि अनुसार एकै किसिमका कन्टेन्ट ‘पूस’ गर्न सक्ने किसिमको ‘अल्गोरिदम’लाई लिएर विश्वका विभिन्न मुलुकहरू बहस सुरु हुन थालेको वर्तमान अवस्थामा टिक-टकले नयाँ नियम कार्यान्वयन ल्याउने तयारी थालेको हो । 

टिक-टकको नयाँ नियम अनुसार १८ वर्षमुनिका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिक-टक प्रयोग गर्न पाउने छन् । यति मात्र नभएर अभिभावकले आफ्ना बाल बच्चाहरूलाई केही निश्चित ह्यासट्याग तथा कन्टेन्टहरू हेर्नबाट रोक समेत लगाउन सक्ने छन् ।

टिक-टकका सुरक्षा प्रमुख क्रोम्याक किनानका अनुसार दैनिक ६० मिनेटको लिमिट पुगे पश्चात् ‘टिनएजर’हरुको हकमा पासकोड प्रविष्ट गर्न र हेर्न जारी राख्न ‘सक्रिय निर्णय’ गर्न प्रेरित गरिनेछ भने १३ वर्ष भन्दा मुनिका प्रयोगकर्ताको हकमा अभिभावकले प्रारम्भिक ६०(मिनेट सीमा पुगेपछि ३० मिनेट अतिरिक्त अवलोकन समय अनुमति दिनको लागि अवस्थित पासकोड सेट वा प्रविष्ट गर्नुपर्नेछ।

टिक-टकले चिल्ड्रेन्स हस्पिटलको डिजिटल वेलनेस ल्याबका शैक्षिक अनुसन्धान र विज्ञहरूसँग परामर्श गरेर ६० मिनेटको थ्रेसहोल्ड लागु गर्न लागेको बताएको छ ।  ।

प्रारम्भिक चरणमा रहेको अभिभावकीय नियन्त्रण सुविधालाई अभिभावक, युवा र नागरिक समाजका संस्थाहरूसँगको परामर्शमा उपकरणको डिजाइन गरी विकास गरिने बताइएको छ ।

गत वर्षको अन्त्यमा जारी गरिएको एक रिपोर्टका अनुसार टिक-टकले टिन एजरहरुमा इटिङ डिसअर्डर र सेल्फ हार्मिङ कन्टेन्ट प्रवर्द्धन गरेको जनाएको थियो ।

२०७९ फागुन १८ १२:५४ बजे

प्रतिक्रिया