तनहुँमा माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना परी १४ जना घाइते

तनहुँमा माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना परी १४ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १२:४१ बजे
माइक्रोबस

काठमाडौं ।  पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना  पर्दा १४ जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख.९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना परेको  हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले  बताएका छन् ।   ५ जनालाई पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ । मणिपालमा रिफर गरिएकाहरुमा बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र चालक जीवन आले छन् ।

माइक्रोबस अनियन्त्रित भएर सम्धीखोला पुलको रेलिङमा ठोक्किएर १५ फिट तल खसेको डीएसपी खड्काले जानकारी दिए । 

२०७९ साउन २६ १२:४१ बजे

प्रतिक्रिया