चियाको चुस्किसँगै गर्व

bimbonline नरेन्द्र देवकोटा
२०७९ फागुन १७ ०९:१३ बजे

इलामको चियापत्तीमा 

गुल्मीको कफी मिसाएर, 

अछामका नौमुठे 

गाईको दुधमा            

कर्णालीको पानी र 

यार्सागुम्बा अनि,    


मधेशको चिनी घोलेर

बनाएको मीठो चीया       

मेचीदेखि महाकाली 

सम्म फैलिएका 

मधेश र पहाडका 

बेसि र थुम्का नियाल्दै


लालीगुराँस र लालुपाते 

अनि सुनगाभा पारीजात

फुल्ने फूलबारी हेर्दै

पशुपति र स्वयम्भु अनि

बुद्व र जनकको देशको 

पटाङ्गिनीमा बसि,

   

सगरमाथा र धौलागिरीदेखि 

कान्जिरोवा र सैपालसम्मका 

पाखा पखेरा र हिमालहरु  हेर्दै     

बिहानको सूर्योदयमा, 


मेरी सानु सँगै बसेर चियाको

चुस्की लिइरहँदा मलाई 

मेरो जन्मभूमि र मातृभूमि प्रति 

धेरै धेरै गर्व लागिरहेछ ।

                        


२०७९ फागुन १७ ०९:१३ बजे

प्रतिक्रिया