मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १२:२७ बजे
-मृत्यु

 काठमाडौं । मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा पैदल यात्रीको  मृत्यू भएको हो ।  

मनहरी गाउँपालिका-९ को खराङमा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको  हो । 

संखुवासभाबाट मनहरीस्थित छोरीको घर आएकी ५२ वर्षीया नमुना शेर्पालाई एम्बुलेन्सले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जनाएका छन् ।  ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ । शवलाई पोस्टमोर्टमको लागि हेटौंडा अस्पताल ल्याइए छ ।  

२०७९ साउन २६ १२:२७ बजे

प्रतिक्रिया