परशुराम नगरपालिका द्धारा दीर्घ रोगीहरुका लागि स्वास्थ्य बिमा कार्यक्रम लागू

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १५ १३:३१ बजे
स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौं । डडेलधुरा जिल्लाका सात वटा स्थानीय तह अन्तर्गत  परशुराम नगरपालिकाले  हिजो एक कार्यक्रमका बिच दिर्घ रोगीहरुका लागि स्वास्थ्य बिमा  योजना कार्यक्रम सुभारम्भ  गरेकोछ । 

परशुराम नगरपालिका द्धारा १२ वटै वडाहरु  मार्फत नियमित रुपमा औषधि सेवन गरिरहेको कागजपत्र र नागरिकता को प्रतिलिपि माग गरि छनोट भएका ३९६ जना  दिर्घ रोगिहरुको स्वास्थ्य बिमा नगरपालिकाले सवै वडाहरुमा रहेका दर्ता सहयोगी मार्फत स्वास्थ्य बिमा गर्ने कार्यक्रम रहेको कार्यक्रम का प्रमुख अतिथि भरत बडायर जोशिले बताउनु भयो ।

कार्यक्रममा उपस्थित भएका सहभागी मध्ये  चार जना दिर्घ रोगीहरु लाई स्वास्थ्यबिमा कार्ड हस्तान्तरण गर्दै आगामी दिनहरूमा थप कार्यक्रम मार्फत आम जनसमुदाय लाई जनताको माझमा स्थानीय सरकार भएको अनुभुति गराउने र औषधि बितरणलाई आ-आफनै वडाको स्वास्थ्य संस्थाहरू बाट सहजरूपमा  औषधि समेत प्राप्त गर्ने वातावरण मिलाउन आफू निरन्तर लागि रहेको नगर प्रमुख  जोशीले बताउनु भयो।

आज देखि दर्ता सहयोगिहरुले घर घरमा गइ  दिर्घरोगीहरु को  निशुल्क रुपमा बिमा बनाउने र बिमा बाट हुन आउने रकम नगरपालिका स्वास्थ्य शाखा बाट भुक्तानी लिइ स्वास्थ बिमा बोर्ड डडेलधुरा मा यही चैत  महिना भित्र बुझाइ सक्नु पर्ने हुन्छ। नेपाल सरकारको  स्वास्थ्य बिमा बोर्डले रातो कार्ड प्राप्त भएका अपांगता ब्यक्ती , जेष्ठ नागरिक, एडस रोगि लगायत अति बिपन्न परिवारका लागि निशुल्क रुपमा स्वास्थ्य बिमा लागू गरिसकेको छ।

स्वास्थ्य शाखा उप संयोजक हिक्मत बहादुर धामी द्धारा संचालन गरिएको सो कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तेज बहादुर सिंहले बिमा क्षेत्रलाई चुस्त दुरुस्त बनाउनुका साथै दर्ता सहयोगीका रुपमा काम गरिरहेका कर्मचारीहरू लाई प्रोत्साहन स्वरुप नगरपालिका बाट थप कार्यक्रम ल्याउने बताउनु भयो।

जिल्ला स्वास्थ्य बिमा बोर्डका देबराज जोशीले स्वास्थ्य बिमा लाई स्थानीय स्तरमा प्रभावकारी बनाउन नगरपालिका को विशेष ध्यानाकर्षण हुनुपर्ने र गाउँघरमा बिमा सम्बन्धी जनचेतना मूलक कार्यक्रम सन्चालन गर्नुपर्ने  बताउनु भयो।
नगरपालिका द्वारा स्वास्थ्य बिमाका लागि वार्षिक १५ लाख  बजेट बिनियोजित गरिएको छ भने कार्यक्रम प्रभावकारी भएमा प्रत्येक वर्ष बजेटमा बृद्धि गरिने बताइएको छ।

२०७९ फागुन १५ १३:३१ बजे

प्रतिक्रिया