काठमाडौं । नेपाली कांग्रेसले बरिष्ठ नेता राम चन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाएको बताएका हुन् । राष्ट्रपतिको निर्वाचन आगामी २५ गते हुन गइ रहेको छ ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्नो प्रमुख कार्यभार संविधानको रक्षा गर्नु हुने बताएका बताएका छन् ।
राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि उनले भने, ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार प्रदान गरेको छ । त्यसको रक्षा गर्नको निम्ति आएको छु ।’
प्रतिक्रिया