प्रचण्ड र छेपारो बीच रंग फेर प्रतियोगिता भए प्रचण्डले छेपारोलाई नै हराउने

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १३ ०८:५२ बजे
प्रचण्ड

काठमाडौं । राष्ट्रपतिको विषयलाई दिएर नेपालको राजनीतिकमा फेरी फुट देखिएको छ । पुस १० गते एमालेको समर्थनमा बनेको प्रचण्ड नेतृत्वका सरकार हेरफेर हुने देखीएको छ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छेपारोको संज्ञा  दिएका छन् । उनले प्रचण्डलाई छेपारोकाे संज्ञा दिँदै अब वामपन्थी सहकार्यको समाप्त भएको बताएका छन् ।

सामाजिक संजालमा ट्वीटरमा उनले उनले प्रचण्ड र छेपारोबीच रंग फेर प्रतियोगिता भए प्रचण्डले छेपारोलाई नै हराउने टिप्पणी गरेका छन् ।

उनले प्रचण्डसँग कुनै आशा नै नभएका कारण अहिले निरास हुनुपर्ने कारण नभएको उल्लेख गरेका छन् ।

उनले उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुनेसमेत टिप्पणी गरेका छन् । उनले अब एमाले आफ्नै लयमा अघि बढ्नु पर्ने पनि बताएका छन् ।

२०७९ फागुन १३ ०८:५२ बजे

प्रतिक्रिया