हिसारमा एकता समाजको नगर कमिटि गठन

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १२ ११:०४ बजे
हिसार नगरकमिटि

अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार सदस्य श्याम बहादुर बि क को पहल र केन्द्रीय सचिव नारायण शर्माको विशेष उपस्थितिमा दिनांक १९ फरवरी २०२३ का दिन हिसारमा कार्यरत नेपाली मज़दूरहरू बिच भेला सम्पन्न भएको छ। उक्त भेलाको अध्यक्षता जुक्त बहादुर कुवर गर्नु भएको थियो। अतिथि आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित सहभागीहरुलाइ रुद्र बहादुर थापाले स्वागत गर्नु भयको थियो । भेलामा प्रमुख अतिथि केन्द्रीय सचिव नारायण शर्मालेले अखिल भारत नेपाली एकता समाजको आबस्यकता र बर्तमान राजनीतिको बारेमा प्रष्ट पार्दै मन्तव्य राख्नु भएको थियो। त्यस्तै केन्द्रीय सदस्य श्याम बहादुर बिक  ले पनि भेला सफलताको शुभकामना दिनु भएको थियो । भेलाले जुक्त बहादुर कुवँरको अध्यक्षतामा १३पुर्ण ४ बैकल्पिक गरी १७ सदस्यीय हिसार नगर संगठन समितिको चयन गरेको छ। जस्मा उपाध्यक्ष राम बहादुर नेपाली, सचिव रुद्र बहादुर थापा, सहसचिव भरत धमला, कोषध्यक्ष राजेश बिक, सदस्यहरु श्याम बहादुर बि क, बिस्नु कुवर, शुरज पौडेल, भुवनसिह सोनि,समीर भुशाल, इस्वरी प्रसाद पान्डे, धन बहादुर दर्लामी, बिस्रम सोनी, मानसिह परियार, बैकल्पिकमा फत्ते बहादुर राना, राजु बिक , लोक बहादुर बि क र मन बहादुर नेपाली रहनु भएको छ । भने कार्यक्रको संचालन राजेश बि क ले गर्नु भएको थियो । एकता समाज नेकपा(मशाल)  नजिकको प्रवासी नेपालीहरुको सँगठन मानिन्छ।

२०७९ फागुन १२ ११:०४ बजे

प्रतिक्रिया