आजको मौसम पुर्वानुमान- वाग्मती र कर्णालीका केही ठाउँमा ठूलो वर्षा

आजको मौसम पुर्वानुमान- वाग्मती र कर्णालीका केही ठाउँमा ठूलो वर्षा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ ०८:५१ बजे
मौसम पुर्वानुमान

काठमाडौं ।  आज देशका केहि ठाउँमा   भारी बर्षाको  सम्भावना   रहेको छ । मनसुन पूर्ण रुपमा सक्रिय नभए पनि जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका केहि  ठाउँमा ठुलो  पानि पर्ने सम्भावना  रहेको  हो।

एकदुई दिन लगातार झरी पर्ने सम्भावना नभए पनि पहाडी क्षेत्रका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसमविद् राजु प्रधानाङ्गले जनाएका छन् । तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । परिहाले पनि हल्कामात्रै पर्ने छ । पहाडी जिल्लामा भने मेघगर्जनसहित वर्षाको अनुमान  गरीएको उनले बताएका छन् ।

आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । पानी पर्ने ठाउँमा बाढी पहिरोको जोखिम रहने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ । गएराति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

२०७९ साउन २६ ०८:५१ बजे

प्रतिक्रिया