काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ । उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।
भेटपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताएका छन् । पुरानो गठबन्धन ब्यूँताउन लाग्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ त्यसबारे कुनै टुङ्गो नलागेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको बताएका छन् । ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौं’ उनले भने ।
प्रतिक्रिया