ढल्केवर । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले धनुषाको एक सामुदायिक विधालय मा गठन गरिएको बाल क्लबको समुहले सडक नाटक प्रदर्शन गरेका छन्।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले धनुषाको वटेशवर गाउँपालिका -४ मा रहेको श्री शिवशक्ति माध्यमिक विद्यालय वटेशवर मा गठन गरिएको बाल अधिकार संचेतना समुह बाट सोहि गाँउपालिकाको वटेशवर बजार मा बुधबार सडक नाटक प्रदर्शन गरेका छन्।
'बालविवाहले निम्ताएको समस्या' नामँक नाटक मा समुदायमा दाइजो प्रथा यथावतै रहेको कारणले छोरी लाई चाडै विवाह गर्ने र छोरीलाई संसार देख्न बाट वञ्चित गर्ने नियतले महिलाको कोखमै बच्चा मार्ने सम्मको क्रियाकलाप हाम्रो समुदायमा यथावत रहेको कुरा दर्साउन खोजेको थियो। छोरा जन्मिए स्विकार गर्ने र तामझाम का साथ स्वागत गर्ने किनकि छोराले बिहेमा दाइजो लिएर घर भर्ने गर्छन् तर छोरी हुन लागेको खबर सुन्ने बित्तिकै आमाको कोखमै मार्ने प्रयास भइरहेकोले यस प्रति सचेत हुन आम जनसमुदायलाई नाटक मार्फत् सन्देश दिन खोजिएको थियो। नाटकको मुख्य सन्देश महिला सशक्तिकरण र बालविवाहले निम्ताएको समस्या बारे रहेको थियो।
बाल क्लव का अध्यक्ष उमा कुमारी महतो द्वारा लिखित नाटक प्रदर्शन कार्यक्रम मा श्री शिव शक्ति माध्यमिक विद्यालय वटेशवर का प्रधानाध्यापक प्रमोद शरण केवट,, इन्सेक को धनुषा जिल्ला सहजकर्ता अनिता यादव , शिव शक्ति माविका वटेशवर का शिक्षक(शिक्षिका,बाल क्लब का प्रतिनिधिहरु सहित विधार्थीहरु को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया