टर्कीमा फेरि अर्को ६.४ म्याग्निच्युड शक्तिशाली भूकम्प

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ९ ०८:१८ बजे
भूकम्प

काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।

नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको  जनाइएको छ ।  भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी  ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८  म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको ज्यान गएको छ । 

२०७९ फागुन ९ ०८:१८ बजे

प्रतिक्रिया