भारतीय बुद्धिजीवी एसडी मुनीले राष्ट्रपतिका लागि देखेका सम्भावित ४ उम्मेदवार

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ८ ११:५६ बजे
सम्भावित ४ उम्मेदवार

काठमाडौं । भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा विभिन्न चार जनाको नाम उल्लेख गरेका छन् । नेपालमा राष्ट्रपतिको विषलाई राष्ट्रिय सहमति बनाउनु पर्ने चर्चा चली रहेको छ ।  

आज बिहान उनले ट्विटरमा लेखेका छन्, ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’ राष्ट्रपतिका लागि योग्य भनेर मुनीले देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नामसमेत लिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । नेकपा एमालेले भने प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको भन्दै आफूले पाउनुपर्ने अडान राख्दै आएको छ ।

https://twitter.com/SDMUNI/status/1627458941633576960

२०७९ फागुन ८ ११:५६ बजे

प्रतिक्रिया