नेपालमा कांग्रेस र कम्युनिष्टहरू अपुरा छन्, म त डाइनामिक हुँ - बाबुराम भट्टराई

नेपालमा कांग्रेस र कम्युनिष्टहरू अपुरा छन्, म त डाइनामिक हुँ - बाबुराम भट्टराई

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ ०८:३६ बजे
बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादीका  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले  आफूले  जति पार्टी फेरे  पनि आफ्नो उद्देश्य  नफेरिएको बताएका छन् । उनले  आफ्नो  राजनीतिक यात्रा धेरै लामो भएकोले   अबको एजेण्डा  सुशासन भएको   बताएका छन् ।

भट्टराई नेपाली  राजनीतिमा  सबै भन्दा  धेरै  पार्टी  खोल्ने र  पार्टीमा जाने  तथा फरक  मत राख्दै आएका  नेता  हुन् ।  हिमालय  टेलिभिजनको अन्तर्वार्तामा लक्ष्य  नफेरिएको आफूले  आवश्यकता अनुसार  बाटो मात्रै फेरेको  बताएका छन् ।  उनले  आफू कुनै एस आरामको लागि  पछाडि  नलागेको  बताउँदै भने  मसँग कुनै गाडी छैन् , साथिहरुकोे  गाडी चढ्थे , मैलै आफैले सरकारसँग  आफ्नो  सुविधा घटाउन आग्रह  गरेको तर सरकारले  आफूलाई पूर्व प्रधानमन्त्री  भएकाले  केही  सुविधा दिने गरेको  बताएका छन् ।

साथै  उनले  आफूले  सरकारले त्यो मागे पनि   आफू दिन  तयार भएको  बताएका छन् । उनले  आफूले  वर्षेनी  आफ्नो सम्पत्ति विवरण  सरकारलाई  बुझाउने गरेको  र त्यो भन्दा  धेरै  कतै पाए  पाउनेलाई लिन पनि  आग्रह गरेका  छन् ।  उनले नेपालको  राजनीतिकको  इतिहासको  व्याख्या  गर्दै  नेपालमा  अहिलेको अवस्था कम्युनिस्टहरूले भने जस्तो  समाजवादमा  जान नसक्ने बताउदैन   अहिलेका  पार्टीहरूलाई  नयाँ योजना  बनाएर अघि बढ्न  समेत  आग्रह गरेका छन् ।

उनले आफ्नो राजनीतिको लामो इतिहास  माओवादीमा बिताएको बताउँदै   भने  मैलै माओवादी  केन्द्रमा   रहेर गरेको कुनै  पनि  कार्यप्रति  पछुतो  नरहेको  बताएका छन् ।  उनले नेपालमा भएका पार्टीहरू कांग्रेस र कम्युनिष्टहरू  अपुरा भएकाले यिनीहरूबाट  राम्रा  कुराहरू  लिएर जानु आवश्यक  रहेको बताएका छन् ।

उनले  आफू अहिले  चुनावको मुखमा  भएकाले  अब आफ्नो कार्य योजनाहरूलाई जनताहरु माझ लिएर प्रष्ट पार्नु रहेको  बताएका छन् ।  सत्ता पाउनुमात्र  आफ्नो राजनीतिक  लक्ष्य नभएको  बताउँदै  उनले भने  जनताको   अवस्था र  देश विकासको लागि  हिजोको विचार नहुने बताएका छन् ।  साथै उनले विश्वमा  शक्ति  केन्द्रको  खेल  चलिरहेका वेला  नेपालमा  राजनीतिक  दलहरू  एक नहुने हो भने  देश गम्भीर  अवस्था रहेको बताएका छन् ।

उनले एमालेले असंवैधानिक काम गरेका मात्रै त्यति खेर पाँच दलीय गठबन्धन  बनेको  तर  त्यसले  देशको  विकास र निकास  नदिन सक्ने  बताएका छन् ।  नेपालमा  विकासको  लागि  एउटा नयाँ समाजवादी केन्द्र बन्नु आवश्यक   रहेको बताएका छन् ।  अहिले नेपालमा  आफ्नो  पार्टी छुट्टिएर  जाने कानुन  नभएकाले आफूले  अहिले फेरी  जिरोबाट  जानु परेको  बताएका छन्।

२०७९ साउन २६ ०८:३६ बजे

प्रतिक्रिया