कथा वहुविवाह

bimbonline नरेन्द्र देवकोटा
२०७९ फागुन ८ ०८:२५ बजे

   

जुनुसँग मायाप्रेम झाँगिएपछि नारदले जुनुसँग बिवाह गरे । जुनुपनि मायाप्रेमबाट अलग हुन सकिनन्, बिवाहमा बाँधिन् ।जेा केहि महिनामै नारद र जुनुलाई प्रहरीले मुद्वा चलाई पक्राउ गर्यो । जुनु छक्क भइन् । दुई महिना भएको थियो नारदसँगको शारीरिक सम्पर्कले उनको महिनावारी रोकिएको ।

 निशाले आफुसँग नारदले दुई बर्ष अघि बिवाह गरेको, निजसँगै आफु लगातार रहि बसेकिमा हाल जुनुसँग नारदले बहु बिवाह गरेको र आफुसँग बिवाह गरेको थाहा पाउँदा पाउँदै जुनुले नारदसँग बिवाह गर्न नहुने भन्दै प्रहरीमा जाहेरी दरखास्त थिइन। 

प्रहरीले जुनुसँग बयान लिदै गर्दा नारदसँग निशाले बिवाह गरेको थाहा नपाएरै नारदसँग बिवाह गरेकि हुँ भन्दै, नारदले आफुले निशासँग बिवाह गरिसकेको कुरा मलाई सुनाएका थिएनन्, उनि सँगको शारीरिक सम्पर्कले भएको दुई महिना भयो भनेर एकैसाथ बताएकि थिइन्।

नारद भन्दै थियो  मैले निशासँग बिवाह गरेको दुई बर्ष भयो, हाम्रो सम्बन्ध बिच्छेद भएको छैन । उनी स्वस्थ नै छन् तरपनि मेरो चिनजान जुनुसँग भएर माया बसेपछि जुनुलाई छाड्न सकिन, बिवाह गरेँ, मन्दिरमा हाम्रो बिहे भयो, उनको महिनावारी रोकिनुमा मेरै शारीरिक सम्पर्कको कारण हो ।

 यहि बयान दुबैले अदालत समेतमा दिए । तथ्य र प्रमाणको परिक्षण गर्दै अदालत नारदलाई १ बर्ष कैद र दश हजार रुपैँया जरिवाना तोक्दै जुनुको महिनावारी रोकिनुमा नारदले स्विकार गरेकाले बच्चा जन्मेपछि उनकै हुने । यता जुनुलाई नारदले पहिलो बिवाह गरेको कुरा थाहा नदिएको र जुनुले पनि नारदको बिवाह भई उनको साथमा निशा रहे बसेको थाहा नभएको देखिएको भन्दै अदालतले जुनु लाइ सफाई दिदै उनिहरुको मनै परेको बिवाह  भन्रे वदर हुने फैसला सुनाईरहेको थियो । 


२०७९ फागुन ८ ०८:२५ बजे

प्रतिक्रिया