सर्वोच्चले आदेश उल्ट्याएपछि बालेन आक्रोशित - "अब अदालतले नै संविधान संशोधन गरे हुन्छ"

सर्वोच्चले आदेश उल्ट्याएपछि बालेनको आक्रोशित - "अब अदालतले नै संविधान संशोधन गरे हुन्छ"

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ २२:२९ बजे
बालेन

 काठमाडौं ।  काठमाडौं  महानगरका मेयर बालेन्द्र शाह सर्वोच्च अदालतगरेको  अन्तरीम फैसलामाथी  आक्रोस पोखेका छन् । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सोमबार काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो ।

 बालेनले लेखेका छन् , ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।‘ 

२०७९ साउन २५ २२:२९ बजे

प्रतिक्रिया