काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको बताएकी छन् ।
२०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले बताइन् । सरकारले गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो ।
प्रतिक्रिया