विद्युत कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन

विद्युत कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ २२:१४ बजे
पाकिस्तान

काठमाडौं ।  पाकिस्तान नियन्त्रित कश्मीरमा बढ्दो लोडसेडिङ्को विरोधमा प्रदर्शन भएको छ ।  जम्मु कश्मीर राष्ट्रिय विद्यार्थी महासंघ जेकेएनएसएफको अगुवाईमा कश्मीरको पुञ्ज क्षेत्रमा विद्युत कटौतीको विरोधमा प्रदर्शनको आयोजना गरिएको हो ।

आफ्नो क्षेत्रमा लोडसेडिङ बढ्न थालेको र विद्युत महशुलमा सरकारले अतिरिक्त कर लगाएको आरोप प्रदर्शनकारीहरुको रहेको छ ।

सरकारले आफूहरुविरुद्ध ज्यादती एवम् राज्य आतंक मच्चाएको  आरोप  समेत प्रदर्शनकारीहरुले लगाउका छन् । विज्ञप्ति जारी गर्दै महासंघले राजनीतिक प्रतिद्वन्द्वीहरुलाई लक्षित गरी सरकारले धरपकड गरेको आरोप लगाएको छ ।

महासंघले आफ्नो प्रदर्शनमा विभिन्न मजदुर संगठन, विद्यार्थी संगठन एवम् नागरिक समाजको साथ रहेको दाबी गर्दै प्रदर्शनलाई निरन्तरता दिइने जनाएको छ ।

पाकिस्तानमा बढ्दो आर्थिक समस्याका कारण दशौँ लाख मानिसहरुले विद्युत कटौतीको सामना गरिरहेको बताइएको छ ।

२०७९ साउन २५ २२:१४ बजे

प्रतिक्रिया