सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गर्ने डिल्लीराम खनाल पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ५ १२:५३ बजे
डिल्लीराम खनाल पक्राउ

काठमाडौं। नेपाल प्रहरीको साइबर ब्यूरोले  डिल्लीराम खनाललाई पक्राउ गरेको छ । आयुरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएकाडिल्लीराम खनाललाई पक्राउ गरेको हो । 

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरीएको हो ।

नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएकी थिइन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए। खनालमाथी विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने छ । 

२०७९ फागुन ५ १२:५३ बजे

प्रतिक्रिया