सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ४ ११:४३ बजे
हरिकला भण्डारी

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले  जनाएको छ ।  हरिकला ८९ वर्षकी थिइन् ।

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ ।  उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।

२०७९ फागुन ४ ११:४३ बजे

प्रतिक्रिया