स्पट फिक्सिङमा १० जनालाई कारबाहीको सिफारिस

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ३ १६:०५ बजे
स्पट फिक्सिङमा १० जना

काठमाडौं । नेपाल टी–२० लिगमा भएको भनिएकोु 'स्पट फिक्सिङ' सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो ( सीआईबी ) ले लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट सरकारी कार्यालयलाई बुझाएको हो ।

प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्।  की ७ जनालाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकीलको कार्यालयलाई बुझाएको प्रतिबेदनमा उल्लेख छ । १० जनालाई प्रतिवादी  बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ । नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा 'स्पट फिक्सिङ' भएको खुले पछि (सीआईबी) ले लामो अनुसन्धान गरेको थियो । 

२०७९ फागुन ३ १६:०५ बजे

प्रतिक्रिया