प्रचण्डले फोहोर व्यवस्थापनका लागि जापानको सहयोग मागे सँगै फोहोर व्यस्थापनमा बालेनलाई पुग्ला सहयोग ?

प्रचण्डले फोहोर व्यवस्थापनका लागि जापानको सहयोग मागे सँगै फोहोर व्यस्थापनमा बालेनलाई पुग्ला सहयोग ?

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १७:२२ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जापान भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो जापान भ्रमण सफल भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा सकस भइरहेका बेला जापान पुगेर फोहो व्यवस्थापनकै लागि सहयोग मागेको बताएका छन्।

उनले भने , ‘विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्‍यौं । प्रचण्डले भने,‘फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान । कतै फोहोर नदेखिने बनाएका रहेछन्। फोहोर व्यवस्थापनमा तत्काल सहयोग चाहियो भनेर हामीले माग गर्‍यौं ।’

आसन्न संघ र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षणका लागि जापानबाट संसदीय टिम आउने अपेक्षा गरिएको बताएका छन् ।उनले नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताए ।

प्रचण्ड पाँच दिन अघि जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको समुद्घाटन कार्यक्रमका लागि जापान गएका थिए । यसरी यता काठमाडौं भने फोहोर भने फोहोरले लटरम्मै भएको वेला प्रचण्डको अभिव्यक्ति काठमाडौं सफा हुने आस पलाएको छ ।

प्रचण्डले भने जस्तो जापानबाट फोहोर व्यवस्थापनमा सहयोग आएमा काठमाडौं सँगै देशका विभिन्न ठाउँको फोहोर व्यवस्थापन हुने देखीएको छ । यता फोहोरमा हात हाल्न नसकेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पनि फोहोर व्यवस्थापन गर्नमा सहज हुने संकेत देखीएको छ ।

२०७९ साउन २५ १७:२२ बजे

प्रतिक्रिया