अनेरास्ववियूले गर्यो स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताको माग

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २ १६:२९ बजे
ज्ञापनपत्र

नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत  अनिवार्य र ५० प्रतिशत महिला सहभागिता माग गरेको छ । अनेरास्ववियू महासचिव आरती लामा नेतृत्वको टोलिले विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्रा. पशुपति अधिकारीलाई उक्त कुरा माग गर्दै ज्ञापन-पत्र बुझाएको हो । ज्ञापनपत्रमा भनिएको छ नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मुल मर्मलाई आत्मसात गर्नु हो । ज्ञापनपत्र बुझ्दै महानिर्देशनालयका प्रमुख प्रा अधिकारीले अनेरास्ववियूको उक्त माग प्रति त्रि वि सकारात्मक रहेको र नीतिनिर्माण कै तहमा उक्त मागलाई बिषय बनाएर उठाउने बताएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए । 


२०७९ फागुन २ १६:२९ बजे

प्रतिक्रिया