बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ को निर्माणाधीन भवन भत्किदा दुइ जना घाइते भएका छन् । मोरङ जिल्ला सुनवर्षी नगरपालिका–६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् । सोमबार सेजको प्रदर्शनी हलको ढलान छत भत्किएर उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइते उनीहरु उपचारपछि डिस्चार्ज भएका छन् ।
पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए। स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन ।पिडित मजदुरको उपचार र क्षतिपुर्ति ठेकदारले दिनु पर्ने कुरा स्थानियले वताएका छन।
भवन निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ। उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणमा सेजले ५ अर्ब भन्दा बढी खर्च गरिसकेको छ।
प्रतिक्रिया