८६८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा तिन जनाको मृत्यू

८६८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा तिन जनाको मृत्यू

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १७:०३ बजे
कोरोना संक्रमण

काठमाडौं । पछिल्लो  २४ घण्टामा  नेपालमा  ८६८ जना कोरोना संक्रमित  भेटीएका छन् ।  आज  नेपालमा ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ३ जनाको कोरोना संक्रमणकाकारण  मृत्यू भएको छ । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको स्वाब परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जनामा र तीन हजार ९१ जनाको एन्टिजन परीक्षण गर्दा ३७२ जनामा कोरोना देखिएको हो।

हाल सम्म  नेपालमा कोरोना संक्रमणका कारणबाट मृत्यू हुनेको संख्या ११ हजार ९७७ पुगेको छ।त्यस्तै, आज ४१४ जना निको भएका छन्। अहिले देशभर पाँच हजार ८८५ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२०७९ साउन २५ १७:०३ बजे

प्रतिक्रिया