अनुभव

bimbonline अर्जुन दाहाल
२०७९ फागुन २ ०८:२८ बजे

उसको अनुभव खोज्न आउने पारखीले

डरको अनुभव गरेन्न

त्रासको अनुभव गरेन्न

मृत्युको भयको अनुभव गरेन्न

किनकि सबैले आफुलाई अजर अमर सोचे

भगवान नै सोचे

अवतार मर्छ भन्ने जति

अवतार हुन डराए

त्यो उनीहरूको डरको अनुभव थियो

उसले सबै डर र त्रास

हाँसेर टारीदियो

अनि बोल्यो उ भित्रको ईश्वरले

अनुभव पनि समय हो, तैंले समय अनुभव गरिस

उनीहरूले गरेन्न 

२०७९ फागुन २ ०८:२८ बजे

प्रतिक्रिया