डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकालाई विभिन्न ६ वटा पार्टीहरू ले सयुक्त ज्ञापनपत्र बुझाएका छन्। नगरपालिकाले ले आ.व. २०७९/२०८० को विनियोजित बजेटमा पुँजीगत बजेट भन्दा चालु खर्च (साधारण खर्च) बढि विनियोजित गर्नुका साथै निजी फर्मका नाममा र , नगरप्रमुख उपप्रमुखको निजी सचिवालयलाई मात्र १०/१० लाख गरि २० लाख बजेट विनियोजन गरि भ्रष्टाचार गरेको, निमित्त प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले सेवाग्राहीहरूलाई पटक-पटक अभद्र व्यवहार गर्दै आएका, नगरपालिकाको योजना र पहलमा छाडा गाईगोरुलाई महाकाली नदीमा वगाएको, नगरपालीमा कर्मचारीको दलीय भागबन्डा गरेको र विना दरबन्दी खुल्ला प्रतिस्पर्धा विना नयाँ कर्मचारीका भर्ना गरेको, जोगवुडा अस्पतालको चरम लापर्बाहीले सेवाग्राही एवम् बिरामीहरूले अकालमा ज्यान गुमाउनु परेको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कामदारको नाम छनोट विधि र प्रक्रिया अनुसार नगरी वडा अध्यक्ष र मेयरका आफन्त एव पार्टी कार्यकर्ता ,सदस्य र मतदाता लाई मात्र राखेका, सिमेलखेत का बाढीपीडितहरूलाई राहत र तटबन्धको निर्माण ,भ्रष्टाचारीलाई कारवाही , नगरपालिका विधि र प्रक्रिया अनुसार चल्नु पर्ने ,निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कारवाही ,विना दरबन्दी भर्ना गरेका कर्मचारी खारेज हुनु पर्ने समेतका ७ बुँदे माग राखी आज नगर प्रमुख भरत बडायर जोशीलाई परशुराम नगरपालिका मा रहेको ६ वटा पार्टीहरूले सयुक्त ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा नेकपा एमाले का ओम प्रकाश जोशि,,नेकपा मशालका रामदत्त जोशी, नेकपा बहुमत का सागर बोहरा, नेकपाका लाल बहादुर बोहरा, नेपाली कांग्रेस (विपि) का राज बहादुर भण्डारी,राप्रपाका दीर्घराज जोशीको नाम उल्लेख छ । आफ्ना माग ३ दिन भित्र पुरा नगरेमा चरणवद्ध आन्दोलन गर्ने सयुक्त ज्ञापनपत्रमा उल्लेख भए पनि आन्दोलनको स्वरुप के कस्तो हुने भन्ने कुरा खुलाएको छैन। पार्टीहरू राखेका माग सही भए पनि समाधान हुन्छ वा बार्गेनिङ गरेर मिलोमतोमा समाप्त हुन्छ त्यो भन्ने हेर्न वाकी नै रहेको छ।
प्रतिक्रिया