नेपालले टर्की पठायो २२ टन राहत सामग्री

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १ १३:५३ बजे
राहत सामग्री

काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि २२ टन राहत सामाग्री पठाएको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो ।

नेपालले  औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु  पठाएको हो । 

गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की र सिरियामा गरी करिब ३३ हजार  भन्दा बढीको  मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लगत्तै २५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

२०७९ फागुन १ १३:५३ बजे

प्रतिक्रिया