काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रण नियन्त्रणका लागि उपयोगी मानीएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।
पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप सोमबार बिहान काठमाडौं आइपुगेको हो । सो खोप टेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरूमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो ।
छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ. ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया