आज सार्वजनिक बिदा : जनयुद्ध र विश्व रेडियो दिवस

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १ ०८:५९ बजे
आज सार्वजनिक बिदा

काठकाडौं । आज विश्व कन्डम , जनयुद्ध  र विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन  थालीएको हो ।

सरकारले जनयुद्ध दिवस भन्दै आज फागुन १ गते सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बिदा दिने निर्णयको चौतर्फी विरोध भएको छ । 

नेपालमा विक्रम संवत् २००३ सालमा  काठमाडौंमा रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । एफएम प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो ।

कोरोना महामारीपछि विश्वमा देखिएको आर्थिक सङ्कटको असर रेडियोमा पनि परेको छ । देशभर ७ सय ५० वटाभन्दा धेरै रेडियो सञ्चालनमा रहेको तथ्याङ्क छ । 

२०७९ फागुन १ ०८:५९ बजे

प्रतिक्रिया