काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु मर्कामा परेका छन् । वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरु मर्कामा परेका हुन् । सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका हुन् ।
उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो ।सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ ।
आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ । स्वाथ्य मन्त्रालयले भने आन्दोलन फिर्ता लिन आग्रह कगरेको छ ।
प्रतिक्रिया