भारतमा १६ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा १६ हजारभन्दा बढीमा कोरोना संक्रमण

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १६:४९ बजे
कोरोना संक्रमण

एजेन्सी । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ संकमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल संकमितको सङ्ख्या चार करोड ४१ लाख ९० हजार ६ सय ९७ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक संकमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संकमितको संख्या एक लाख २८ हजार दुई सय ६१ रहेको छ ।

कोरोना संक्रबाट बितेको २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार आठ सय २६ व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ कूल चार करोड ३५ लाख ३५ हजार छ सय १० भन्दा बढी कोरोनामुक्त भएका छन् ।

नयाँ संकमितको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संकमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५७ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ८० लाखभन्दा बढीको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।

२०७९ साउन २५ १६:४९ बजे

प्रतिक्रिया