नेपाल चिकित्सक सङ्घलाई आन्दोलन फिर्ता गरेर बिरामीको उपचारमा जुट्न स्वास्थ्य मन्त्रालयको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २९ १०:२८ बजे
स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।  मन्त्रालयले विज्ञप्ति निकालेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा आन्दोलन गरेर उपचार सेवा प्रभावित नगर्न र स्वास्थ्य उपचारको नियमित काममा  लाग्न आग्रह गरेको हो । 

राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले घटनाको छानबिन सुरु भइसकेकाले संवादमार्फत् विवाद समाधान गर्न सकिने भन्दै आन्दोलन नगर्न आग्रह गरेको हो । 

घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक सङ्घले उठाएका विषयलाई संवादमार्फत् समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ  । 

नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ । देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प हुँदा बिरामी भने मर्कामा परेका छन् ।


२०७९ माघ २९ १०:२८ बजे

प्रतिक्रिया