निमित्त कार्यकारी प्रमुखको सेवाग्राहि सँगको अभद्र व्यवहारका कारण परशुराम नगरपालिका तनाबग्रस्त

bimbonline आँसु भण्डारी
२०७९ माघ २९ ०९:०३ बजे
तारानाथ पनेरु

डडेल्धृरा  । डडेलधुरा जिल्लाको परशुराम नगरपालिका  कार्यालय बिहिबार बिहान देखि निमित कार्यकारी प्रमुख तारानाथ पनेरु का कारण तनाबग्रस्त बन्दै आइरहेको सेवाग्राहीहरुले बताउनु भएको छ। जोगबुडा अस्पतालमा एकजना स्थायी कर्मचारी प्रति गरिएको व्यबहारको बिषयमा के भै रहेको छ भनी कार्यकारी प्रमुखको कार्यकक्षमा सरोकारवाला सेवाग्राहीहरुले सामान्य रुपमा बुझ्न खोज्दा निमित कार्यकारी प्रमुखले तपाइहरुको सरोकारको बिषय नरहेको भनी चर्को आवाजमा धम्काउनु भएको थियो। नगरका हरेक समस्या तपाइलाइ नभनी कस्लाई भन्ने  भनि थप प्रश्न गर्दा म सङ्ग कुरागर्ने भए ऐन कानुन पढेको हुनुपर्ने, जनमत र हैसियत बनाएर आउनुस भने पछि घटनामा थप घिउ थप्ने काम भएको प.न.पा. वार्ड न. ७ का निबर्तमान वडा अध्यक्ष केशब  बोहराले बताउनु भयो। 

जोगबुडा अस्पतालको  कर्मचारीहरुको व्यवस्थापनमा आपसी मतभेद , अस्पताल प्रशासनको चरमलापरबाही , नगरप्रमुखको नाममात्र को अनुगमन लगायत विभिन्न विषयमा केहिदिन देखि सामाजिक संजालमा अस्पतालको व्यापक बिरोध भैरहदा राजनीतिकर्मी केशब  बोहराले नियमन गर्ने निकाय कार्यपालिका प्रमुख लाई के भै रहेको छ भनी चासो राख्दा तपाइको जनमत र हैसियत नभएको र म सङ्ग कुरा गर्न नगरप्रमुख को मात्र हैसियत भएको भन्दै कार्यकारी प्रमुखले आफुलाइ  अभद्र एव दुव्र्यवहार गरेकाले आफुहरु बाध्य भएर आन्दोलनमा उत्रेको केशब  बोहराले बताउनु भयो। सेवाग्राहि कार्यपालिका मा विभिन्न काम प्रयोजनका लागि अधिकृतको कार्यकक्षमा पुग्दा शासकिय शैलीमा हप्काउने , चित्त नबुझेका सेवाग्राहीहरुको काममा ढिलाइ गर्ने र आफुलाइ पनि दुव्र्यवहार गरेको प।न।पा।६ का सेवाग्राही भुपेन्द्र धामी ले गुनासो गर्नु भयो।

नगरपालिकामा भ्रष्टाचार को जरो मौलाएको र अब चुप न लाग्ने भन्दै परशुरामबासी दाजुभाइ एकभएर आन्दोलनमा उत्रने अर्का सेवाग्राही राम भाट्ले बताउनु भयो पछिल्लो समयमा कार्यपालिका प्रमुखको व्यबहार कठोर बन्दै गैरहेको जोगबुडा बजारका ब्यवशायीहरुले पनि सास्ती भोग्नु परेकाले चरणबध्द आन्दोलनमा एक्यवद्धता जनाउने बताउनु भयो। । पटक पटक सेवाग्राहीहरु प्रती गरिएको अभद्र व्यबहार को वारे कार्यकारी प्रमुखले सार्वजनिक रुपमा आम माफी माग्नु पर्ने र परशुराम नगरपालिका भित्र भै रहेका विभिन्न अत्याचार ,भ्रष्टाचार, कालो बजारी , यौनजन्य घटना , बढ्दो राजनीतिकरणको अन्त्य लगायत विभिन्न मागराखी आइतबार देखि चरणबद्द आन्दोलन गर्ने र माग पूरा नभए नगरपालिका मा तालाबन्दी गर्ने सेवाग्राही आन्दोलनकर्ताले बताउनु भएको छ। यस बिषयमा प्रत्यक्ष र टेलीफोन द्वारा थप जानकारी लिन खोज्दा कार्यकारी प्रमुख र जोगबुडा अस्पताल स्वास्थ्य शाखा प्रमुख तेज बहादुर सिंह सङ्ग सम्पर्क हुन सकेन । कार्यकारी  निमित प्रमुख तारानाथ पनेरू सँग बिम्ब अनलाइनले पुनः सम्पर्क गर्दा त्यस्तो केहि नभएको बताए।

२०७९ माघ २९ ०९:०३ बजे

प्रतिक्रिया