अख्तियारले आयोजना गरेको निबन्ध प्रतियोगितामा धनुषाको मोनाष्टिक स्कुलका दिवेश महतो भए प्रथम

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २८ २०:२२ बजे
निबन्ध प्रतियोगिता

 ढल्केवर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले आयोजना गरेको निबन्ध प्रतियोगितामा धनुषाको मोनाष्टिक कलेज का कक्षा ११ (कानुनी संकाय) मा अध्ययनरत छात्र दिवेश कुमार महतोले उत्कृष्ट निबन्ध लेख्दै प्रथम स्थान प्राप्त गरेको छ। धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिज निवासी हरिहर महतोको छोरा दिवेश कुमार महतोले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास को कार्यालयमा ३२औं स्थापना दिवसको अवसरमा प्रमाण पत्र सहित नगद पुरस्कार हासिल गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङगलको मातहतमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले आफ्नो ३२औ स्थापना दिवसको अवसरमा माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगिताको आयोजना गरिएको थियो। कार्यलयको एक सुचना मार्फत माध्यमिक तह अन्तर्गत कक्षा-९,१०,११ र १२ मा अध्ययनरत विधार्थीहरु का लागि सो प्रतियोगिता राखिएको थियो।

  कार्यलयको कार्यक्षेत्र पर्ने धनुषा ,महोत्तरी ,सर्लाही ,सिरहा , रामेछाप, खोटाङ ,ओखलढुङ्गा , सोलुखुम्बु , सिन्धुली गरी जम्मा ९ जिल्लाका कक्षा ९ देखि कक्षा १२ सम्मका अध्ययनरत विधार्थीहरुलाई ूभ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनू शिर्षक मा २५०० देखि ३००० शब्दमा निबन्ध लेख्न कार्यालयले आवहान गरेको थियो। प्रतियोगिता मा ८२ वटा निबन्ध प्राप्त भएका थिए। त्यसमध्ये सबैभन्दा उत्कृष्ट निबन्ध लेख्दै धनुषा जनकपुरधाम उपमहानगरपालिका -२ भानुचोक मा रहेको मोनाष्टिक हायर सेकेण्डरी इङलिस बोर्डिङ स्कुल कक्षा ११ कानुनी संकायमा अध्ययनरत दिवेश कुमार महतो प्रथम स्थान ल्याउन सफल भएको छ।

त्यस्तै दोस्रो स्थानमा सिन्धुली जिल्लाको सिध्दस्थली इङलिस बोर्डिङ स्कुल कमलामाई नगरपालिका -६ का दिवस कुमार थापा रहेको थियो भने तेस्रो स्थानमा सर्लाही जिल्लाको श्री मंलगवा ग्रिन ल्याण्ड इङलिस बोर्डिङ स्कुल मंलगवाका मिताली कुमारी झा भएकी थिइन्।

प्रथम भएका दिवेश कुमार महतो लाई नगद रु १२ हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ। दोस्रो पुरुस्कार ९ हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ। त्यस्तै तेस्रो पुरुस्कार ७ हजार ५ सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो

'मिलेर फालौं भ्रष्टाचारको जालो , सुशासन प्रवद्र्धनमा गरौं हातेमालो 'मुल नाराका साथ कार्यलय भित्र का कर्मचारीहरु बिच विभिन्न प्रतियोगिताहरु गराएर ३२औ वार्षिक स्थापना दिवस मनाइएको छ।

स्थापना दिवसको अवसरमा कार्यलय द्वारा कार्यालय भित्रका कर्मचारीहरु को सहभागितामा विभिन्न प्रतियोगिताहरुमा विजेता कर्मचारीहरुलाई प्रमाण पत्र सहित मेडल प्रदान गरिएको थियो भने रक्तदान कार्यक्रम को आयोजना समेत गरिएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय ब्रदिवास कार्यलय प्रमुख गोपाल कुमार अधिकारी ले बताउनुभयो।

२०७९ माघ २८ २०:२२ बजे

प्रतिक्रिया