डडेल्धुरामा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

bimbonline डम्मर धामी
२०७९ माघ २८ ११:१५ बजे
लालपुर्जा वितरण गर्दै ओम प्रकाश साउद

डडेल्धुरा । राष्ट्रिय भूमि आयोग डडेल्धुराले भूमिहीन सुकुम्बासी र  दलितलाई  जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । भूमि आयोग गठन भए पछि यो जिल्लामा पहिलोपटक लालपुर्जा बि तरण गरिएको हो

आलिताल गाउँपालिका वार्ड न.८ मा यही माध २५ गते २१ जना भूमिहीन सुकुम्बासी र  दलितलाई जग्गा धनी प्रमाण पुर्जा एक कार्यक्रम बिच बितरण गरिको  आलिताल गाउँपालिका वार्ड न ८ वार्ड अध्यक्षको अध्यक्षतामा भएको  जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रममा गा.पा.अध्यक्ष शेर सिहँ पार्किको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।

 सो कार्यक्रममा भुमि आयोग डडेल्धुरा का विज्ञ सदस्य ओम प्रकाश साउदले  २१ जना लाइ लालपुर्जा वितरण गर्नु भएको थियो। यस पछि   थप अव्यवस्थित बसोबासिहरु आलिताल गाउँपालिका वार्ड न  ४ र ५  मा पनि लालपुर्जा बाँड्नै काम तत्काल शुरु गरिने कुरा आयोगका बिज्ञ सदस्य ओम प्रकाश साउदले बताउनु भएको छ । यसै गरी पर्शुराम नगरपालिका वार्ड न. १२ को लाल्ढुङा, पुस्तुराका  बजारमा समेत पुर्जा बितरण गर्ने कार्यक्रम तय गरिएको र प्रक्रियागत काम पूरा भए पछि वितरण गरिने  जानकारी दिनुभएको छ । लालपुर्जा बितरणले  आयोग प्रति जनताका आशा पलाएको बताइन्छ।


                               लालपुर्जा प्राप्त गरे पछिको सामूहिक तस्विर

२०७९ माघ २८ ११:१५ बजे

प्रतिक्रिया