उणिकोट माविको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह उद्घाटन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २८ ०६:४८ बजे
वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका वडा नं‍ २ स्थित उणिकोट माविको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रमोद मल्लको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत बडायर (जोशी) को प्रमुख आतिथ्यमा समारोह उद्घाटन भएको हो ।

६३ औं वार्षिकोत्सव समारोहको विशिष्ट अतिथिमा नेपाल निर्माण व्यवसायी महा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेटी रहनु भएका थियो ।

विद्यालय सेवा क्षेत्रभित्रका अभिभावक, शिक्षाप्रेम, शिक्षक, विद्यार्थी , राजनितिकर्मीजनप्रतिनिधिहरूको उपस्थितिमा वार्षिकोत्सव समारोह सभ्य र भव्य कार्यक्रमका साथ उदघाटन भएको हो । २०१६ सालमा विधिवत रुपमा पूर्व प्राबि तहको पठन–पाठन सुरु गरि स्थापना भएको उक्त विद्यालयमा शैक्षिक सत्र २०७९ वाट कक्षा ११ , १२ पठन–पाठन सुरु भएको विद्यालयका प्रधानाध्यापक मदन सिह साउँदले जानकारी दिए ।

वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक मदनसिह साउँदले प्रस्तुत गर्नु भएको थियो ।

आलितालको दुर्गम वस्तीमा रहेको उणिकोट माविमा आफ्ना नानी वावुहरुले कक्षा ११ र १२ सम्म अध्ययन गर्न पाउने र विगतमा वाह्य जिल्ला तथा डडेल्धुरा पठाउनु पर्ने वाध्यता टरेको खुस थिए ।

पहिलो पटक कक्षा ११ ,१२ गाउँकै उणिकोट माविमा सञ्चालन भएको खुसीमा स्वतस्फुर्त रुपमा अभिभावकहरूले गक्ष अनुसारको चन्दा सहयोग समेत गर्न जनाएका छन ।

विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू र छिमेकी विद्यालयका शिक्षकहरूले पनि क्रमः ५१ हजार ३१ हजार २१ हजार ११ हजार र अभिवाबकहरुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन

उणिकोट माबि वाट शिक्षा आर्जन गरि आफू अहिले निर्माण व्यवसायी महासङ्घको केन्द्रीय उपाध्यक्ष सम्मको महत्वपूर्ण जिम्मेवारीमा पुगेको भन्दै वडा नं. २ को सेटी गाउँ जन्म घर भई हाल कैलाली लाई कर्मथलो वनाई रहनु भएका निर्माण व्यवसायी प्रकाश सेटीले उक्त विद्यालयको सर्वपक्षिय बिकासका लागि आफ्ना स्व: पिता मदन सिह सेटीको नामवाट १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको विव्यस अध्यक्ष प्रमोद मल्लले बताए

स्व:मदन सिह सेटी अक्षयकोषको वार्षिक ब्याजबाट विद्यालयले कार्यबिधि निर्माण गरि जेहेन्दार,गरिब,टुहुरा बालबालिकालाई छात्रवृति स्वरुप प्रदान गर्न गराउन समेत निर्माण व्यवसायी सेटीले आग्रह गर्नु भएको छ ।

विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिवाबक दिवसको अवसर सोही विद्यालयबाट क,ख,रा सिकेको र आफ्नो पुर्खाको थलो समेत सोही वडाको धातणी, चाई समेतका बिभिन्न ठाउमा रहेको र हाल जोगबुडा कर्मथलो वनाई रहनु भएका निर्माण व्यवसायी तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीका वुवा चन्द्रकान्त वडायर (जोशी) ले उणिकोट माबिको सर्वपक्षीय विकासका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको विद्यालयका प्रधानाध्यापक साउँदले जानकारी दिए ।

विद्यालयको स्थापना दिवस माघ २९ गते सम्म निरन्तर विद्यालयका अतिरिक्त क्रियाकलाप, अन्तरसदनात्मक खेलकुद, सास्कृतिक , सम्मान तथा पुरुस्कार वितरण कार्यक्रम गरि मनाईने भएको छ ।

२०७९ माघ २८ ०६:४८ बजे

प्रतिक्रिया