काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्र अवस्थालाई लिएर चासो जनाएकि छिन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरूमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताउँदै उहाँले चासो जनाउनु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्र सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताएकी छन् ।
मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेष्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उहाँको भनाई रहेको छ ।
अर्थतन्त्रको कतिपय समस्या उतारचढावपूर्ण विश्व अर्थतन्त्र, कोभिड महामारीका कारणबाट पनि सिर्जित भएको भन्दै ‘यथापि यिनीलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन ।’ राष्ट्रपति भण्डारीले अघि भनिन् ।
उनले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक बाह्य कारणको समग्र अध्ययन गरेर सरकारको वृत्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने आवश्यक औंल्याइन् ।
प्रतिक्रिया