भारतमा अब एटीएम मेसिनबाट सिक्का निस्कने

देशका १२ सहरमा सुरु हुनेछ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २७ १५:५१ बजे
एटीएम मेसिनबाट सिक्का

काठमाडौं । एटीएम मेसिनमा पैसा निकाल्न जाँदा एटीएम कार्ड हालेर नोट निस्कन्छ । तर अब भारतमा एटीएमबाट नोट मात्रै होइन् सिक्का पनि निस्कने भएको छ । धबार तीन दिने आरबीआई एमपीसी बैठक पछि, त्यहाँका गभर्नर शक्तिकान्त दासले लगातार छैटौँ पटक रिपो दरमा वृद्धिको घोषणा गरे, साथै ्क्युआरमा आधारित भेन्डिंग मेसिन पाइलट प्रोजेक्ट सुरु गर्ने घोषणा पनि गरेको छन् ।

सिक्का युपिआई मार्फत जारी गरिनेछ  

आरबीआईका गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकले  क्युआरआधारित भेन्डिङ मेसिनको पाइलट प्रोजेक्ट सुरु गर्न लागेको जानकारी दिए । यसको उद्देश्य सिक्काको उपलब्धता बढाउनु हो। रिजर्भ बैंकले प्रारम्भिक चरणमा देशका १२ सहरमा सुरु गर्न लागेको उनले बताए ।

क्युआर कोड आधारित भेन्डिङ मेसिनहरू युपिआई मार्फत प्रयोग गरिने छन् र तिनीहरूले नोटको सट्टा सिक्काहरू वितरण गर्नेछन्। तर, यो पाइलट प्रोजेक्टका लागि कुन कुन १२ सहर छनोट गरिएको छ, खुलाइएको छैन ।

बैंक खाताबाट पैसा डेबिट हुनेछ

यी सिक्का भेन्डिङ मेसिनहरूबाट कुनै पनि ग्राहकले आफ्नो युपीआई एप मार्फत मेसिनको शीर्षमा रहेको  क्युआर कोड स्क्यान गरेर सिक्का निकाल्न सक्नेछन्। ग्राहकले जति सिक्का निकाल्छ, त्यो रकम उसको दर्ता बैंक खाताबाट डेबिट हुनेछ।  भारतिय मिडियाको सहयोगमा 

२०७९ माघ २७ १५:५१ बजे

प्रतिक्रिया