त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको काम १ पुस २०८१ सम्म सक्ने गरी सुरू

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २७ १५:३० बजे
त्रिचन्द्र क्याम्पस

काठमाडौं ।त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण कार्य सुरु भएको छ ।  केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भव हो छ । २ पुस २०७९ देखि  १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता अनुसार काम भइरहेको छ । 

पुरानो भवनलाई रेट्रोफिट गर्ने र त्यो अवधिसम्मका लागि भवनमा सञ्चालित कक्षाहरु अस्थायी ‘प्रि–फ्याब’ कोठाहरु बनाएर सार्ने तयारी भइरहेको आयोजना उपनिर्देशक कर्णले बताएका छन् । 

रानीपोखरीको डिलमा अस्थायी प्रि–फ्याब कोठाहरु बनाउने कार्य पनि सुरू भइसके छ । ३४ करोड ६७ लाख रुपैयाँमा भवन पुनर्निर्माण गर्न सम्झौता भएको उनले बताए ।

चौथो राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा वि.सं. १९७५मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा विधिवत उच्च शिक्षाको इतिहास आरम्भ भएको हो। तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरको पालामा शिलान्यास भएबाट स्थापनाताका यस संस्थाको काम 'त्रिभुवन चन्द्र कलेज' भएता पनि वि.संं १९८१बाट यसलाई 'त्रिचन्द्र कलेज' मात्र भन्न थालियो। २०३०को 'नयाँ शिक्षा' पछि त यस ऐतिहासिक क्याम्पसको नाम 'त्रिभुवन क्याम्पस' हुन पुगेको छ।


 

२०७९ माघ २७ १५:३० बजे

प्रतिक्रिया