कांग्रेसलाई लाग्यो झड्का- दार्चुलाका पूर्वजिल्ला सभापति चन्द ‘बिपी’ मा प्रवेश

कांग्रेसलाई लाग्यो झड्का- दार्चुलाका पूर्वजिल्ला सभापति चन्द ‘बिपी’ मा प्रवेश

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १६:२० बजे
बिपी

 काठमाडौं ।  नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्दले कांग्रेस ‘बिपी’मा प्रवेश गरेका छन्। बुधबार कांग्रेस ‘बिपी’का  उनलाई कांग्रेस बिपिकावरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन्।

हाल कञ्चनपुरको बेदकोट नगरपालिका(७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न कांग्रेस बिपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए।

चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गरेका थिए। २०३६ सालमा कांग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लागेका थिए।  चन्द २०४६ सालको जनआन्दोलमा जेलसमेत परेका थिए।

प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए।

 बिपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको सिद्धान्तसँग सहमत भई नेपाली कांग्रेस बिपीको विधान आत्मसात गरी आवद्धता जनाएको उनको भनाइ छ।

२०७९ साउन २५ १६:२० बजे

प्रतिक्रिया