काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन कार्यक्रम रहेको छ । संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ३ बजे सम्बोधन गर्नुहुनेछ।
संविधानको धारा ९५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकमा सम्बोधन गर्नुहुने र राष्ट्रपतिको सम्बोधनपछि सदनले धन्यवाद प्रस्ताव पारित गर्नेछ। त्यसको लगत्तै ५स्०० बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय भएको छ।
प्रतिक्रिया