पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २७ १०:४० बजे
नक्कली प्रमाणपत्र

काठमाडौं । पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी पाइएका छन्। 

तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदा उपाध्यायविरूद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेको थियो।

विशेष अदालतले उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए। 

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा। खुसीप्रसाद थारूको इजलासले  उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला दिएको हो।

२०७९ माघ २७ १०:४० बजे

प्रतिक्रिया