कर्मकाण्ड

bimbonline अर्जुन दाहाल
२०७९ माघ २६ १३:५६ बजे
कर्मकाण्ड

हिन्दु धर्ममा पुस्तकहरू
दुई भागमा विभाजित छन
श्रुति र स्मृति।

श्रुति र स्मृतिमा
महात्म्यहरू राखिएको छैनन्
रुद्री राखिएको छैन
अनि मुख्य कुरा त
दैनिक जीवन मा गरिने कर्मकाण्ड राखिएको छैनन्।
सायद रुद्री, कुनै पुराणको अंशको रूपमा लिइन्छ
जसरी स्वास्थानीमा स्कन्द पुराणको उल्लेख गरिएको छ।

प्रसङ्ग बदलौँ
सत्य नारायणको पुजा विधि लाई कर्मकाण्ड भन्ने
कि धार्मिक कथा
अन्त्य पद्धति लाई कर्मकाण्ड भन्ने कि कर्म
विवाह पद्धती देखि जन्म, जरा र मृत्यु सम्म गरिने
विभिन्न अनुष्ठान लाई
कुन पुराणको संज्ञा दिएर

श्रुति र स्मृतिमा समावेश गर्ने
किनकी समावेश गर्दा
हिन्दु धर्मको दर्शनले पूर्णता पाउँदथ्यो।

प्रसङ्ग फेरि बदलौँ
के वेद र पुराण चाहिँ कर्मकाण्ड होइनन्
जहाँ पनि कर्म गरिन्छ
हवन इत्यादि देखि पढाई र कथा वाचन को कर्म
त्यसैले मेरो विचारमा
कि त श्रुति र स्मृतिमा अन्य पुस्तकहरू पनि राखिनुपर्छ
नभए श्रुति र स्मृतिलाई पनि
कर्मकाण्ड को मुनि राखिनु पर्छ
पुनः धार्मिक दर्शनको समीक्षा गरेर ।
(झापा बाट)

२०७९ माघ २६ १३:५६ बजे

प्रतिक्रिया