यात्रा लघुकथा : गाडीको लक

bimbonline नरेन्द्र देवकोटा
२०७९ माघ २५ १२:२० बजे
लघुकथा

यही गएको मङ्सिरको ... गतेको कुरा हो । बिहानै गाउँ टोलमा भाले बासेको आवाज सुनेपछि  'रोबर्ट' आँखा मिच्दै बिउँझिए । घडी हेरे, ५:०० बजिसकेको रहेछ । हातमुख धोए, कपडा लगाई घरतिर अर्तिबुर्ति  लगाई  चोकतिर निस्किए, उतिनञ्जेल सम्म बिहानको ६:०० बजिसकेको थियो ।

चोकमा एकछिन पछि जिप भेटियो, त्यो स्थानीय ठाउँ सम्मका लागि थियो । जिल्ला बाहिर जानको लागि उनले हाइस खोजिरहेका थिए । रोवर्टकि प्राणप्यारी साथी जुनेली पनि चोकसम्म साथी बनेर आएकी थिइन्। बसपार्क आउन उनलाई सहज भयो । त्यही चोकबाट फिर्ता भइन उनकी श्रीमती जुनेली । जुनेली औधि माया गर्थिन् रोबर्टलाई । रोबर्ट बिदा सकिएर लुम्बिनी  प्रदेशबाट आफ्नो  कर्म क्षेत्र सुदूर पश्चिम  तर्फ फर्किन लागिरहेका थिए ।

 रोबर्टको बिदा सकिनै लागेकाले तोकिएकै समयमा आफ्नो कर्म क्षेत्र फर्किन चाहन्थे, समय र जिम्मेवारीलाई पालन  गर्न मानौ आफ्ना दुई आँखालाई माया गरे जतिनै ठान्थे । घर या तोकिएको स्थानबाट गन्तव्यतर्फ फर्किन उनी सहज रुपमा लिन्थे  ।

  उनले कुल देवता र बागेश्वरी माताजीलाई यात्रा शुभ होस् , रमाइलो होस् , बिग्रेको गाडी नपरोस् भन्ने सम्झिदै सुदुरपश्चिमको यात्राको लागि हाइस भित्र पसे बिहान ६:१५ मै ।

 शान्त रमाइलो यात्राको कामना गरेका रोबर्टले हाइसको क्याबिन सिट फेला पारे, निकै खुसी भए सजिलो सिट भेटाएकोमा । धन्यवाद दिए ईश्वरलाई अनि हाइसका स्टाफलाई । पर्खिन नपरेर नयाँ हाइस आरामदायी सिट फेला पारेकोमा । रोबर्ट प्रकृति प्रेमी र यात्रामा पब्लिक यात्रुसँग यात्रा गर्न बढी रुचाउँने स्वभावका थिए ।

सडक राजमार्ग र बाटोमा विभिन्न किसिमको अनुभव बटुल्नुमा नै उनको शौख रहने गरेको थियो । जनताले यात्रामा सेवा सुविधा कति पाउँछन् र कष्ट कति बेहोर्छन् ,गाडी सञ्चालक, ट्राफिक प्रहरी र यात्रुहरूले यात्राको क्रममा गर्ने व्यवहारको अनुभव लिनु उनी उपलब्धि ठान्दछन् । 

  गाडी स्टार्ट भएर केही मिटर अघि बढेको थियो, हाईसले टुँटु टुँटु,  टुँटु टुँटु आवाज लगातार निकालीरहेको थियो ।  रोबर्ट लाई असैह भएपछि सोधे-गुरु किन आवाज निस्कीरहेको छ, कतै ढोकाको लक मिलेको छैन कि?गुरुजी भनिरहेका थिए-ढोकाको लक केही दिन भयो बिग्रिरहेको छ ।

२०७९ माघ २५ १२:२० बजे

प्रतिक्रिया