सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ नदिएको कांग्रेसको गुनासो

सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ नदिएको कांग्रेसको गुनासो

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १५:४७ बजे

काठमाडौं ।  सत्तारूढ नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले  सरकारको साथ  नदिएको  गुनासो  राख्नु चएको छ ।

आव बुधवार राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै  सांसद देवले निष्पक्ष ढङ्गले पालिका चुनाव सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको  गुनासो  पोखेका  हुन् । उनले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि  बढेन  खोजेको  आरोप लगाएका छन् ।

लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नुभयो ।

सांसद देवले मुख्य राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा अझै पनि एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोपसमेत लगाउनुभयो । 

२०७९ साउन २५ १५:४७ बजे

प्रतिक्रिया