अब सिम लिँदा बायोमेट्रिक दिनुपर्ने , के-के चाहिनछ कागजात ?

गृहको निर्णय लागू भए सिमकार्ड लिन ग्राहकले नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायतका कागजात मात्रै पेस गरेर पुग्दैन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २४ ०९:०४ बजे
सिम

 काठमाडौं । सरकारले मोबाइल सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने  भएको छ । बायोमेट्रिक गर्दा व्यक्तिको आँखा, अनुहार र हात आदिको डिजिटल विवरण संकलन गरिन्छ ।  नेपालमा अहिले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउँदा बायोमेट्रिक दिनुपर्ने व्यवस्था रहेको छ । 

गृहले ग्राहकको बायोमेट्रिक भेरिफिकेसन गर्ने नयाँ निर्णय गरेको छमन्त्रालयले २८ पुसमै नयाँ सिम लिँदा बायोमेट्रिक गराउने निर्णय लिइसके पनि सेवा प्रदायकहरूको नियमनकारी संस्था दूरसञ्चार प्राधिकरणलाई भने पत्राचार गरिसकेको छ । त्यसैले अहिले नै यो लागू भइसकेको छैन । 

गृहको निर्णय लागू भए सिमकार्ड लिन ग्राहकले नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायतका कागजात मात्रै पेस गरेर पुग्दैन । यसका लागि उसले आफ्नो बायोमेट्रिक दिनुपर्नेछ । बायोमेट्रिक परीक्षणमा परिचयपत्रवाहक व्यक्ति किटान भएपछि ग्राहकले सिमकार्ड प्राप्त गर्नेछन् । 

२०७९ माघ २४ ०९:०४ बजे

प्रतिक्रिया