विद्यालयको तेस्रो तलाबाट खस्दा एक विद्यार्थी गम्भीर घाइते

विद्यालयको तेस्रो तलाबाट खस्दा एक विद्यार्थी गम्भीर घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १४:५८ बजे
गम्भीर घाइते

काठमाडौं ।  मोरङमा विद्यालयको तेस्रो तल्लाबाट खसेर एक विद्यार्थी गम्भीर घाइते भएकी छिन्। बुधबार सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालय भवनको तेस्रो तल्लाबाट बिहान १६ वर्षीया छात्रा खसेर  गम्भीर घाइते भएकी हुन्।

 प्रहरीका अनुसार कक्षा १० मा अध्ययनरत युनिका चौधरी घाइते  भएकी हुन् । घाइते चएकी उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना  गरिएको छ ।  घाइते छात्राको खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक  लागेको छ ।  

सुन्दरहरैंचा नगरपालिका-१० मा बसोबास गर्दै आएकी चौधरी सप्तरी बोदेवरसाइन गाउँपालिका ३ निवासी भएको प्रहरीले जनाएको छ।

विद्यालयले भवनको तेस्रो तलाबाट खसेर घाइते भएको जानकारी प्रहरीलाई बिहान करिब ८ बजेतिर दिएको थियो। विद्यालयले भने युनिका आफैँले हामफालेको जानकारी प्रहरीलाई दिएको छ।  प्रहरीले  घटनाका बारेमा अनुसन्धान  थालेको छ । 


२०७९ साउन २५ १४:५८ बजे

प्रतिक्रिया