बिग मिडिया हाउसको फुट्न थाल्यो पापको पिण्ड

ठग र चोरहरूलाइ मानसम्मान चाहियो ,फुट्न थाल्यो पापको पिण्ड, उदांगियो सूचना आतंकवाद आज सम्म तैं चुप मैं चुप, स्वार्थ बाझ्दा गाँड कोराकोर

bimbonline भरत दाहाल
२०७९ माघ २३ १०:४५ बजे
भरत दाहाल

राजनितिक विश्लेषक एव वुध्दिजिवि भरत दाहालले हिजो रास्वपा का अध्यक्ष रवि लामीछानेले मिडिया प्रति गरेको कटाक्ष एव आक्रोस वारेमा आफ्नो फेसवुक वालमा लेख्दै भनेका छन-

ठग र चोरहरूलाइ मानसम्मान चाहियो  ,फुट्न थाल्यो पापको पिण्ड, उदांगियो सूचना आतंकवादआज सम्म तैं चुप मैं चुप, स्वार्थ बाझ्दा गाँड कोराकोरविदेशी शासनलाई लोकतन्त्रको घुम्टोमा सिंगार्न सबै एकमत ! विदेशीहरुको धाकधम्किप्रति सबै मौन ! विदेशीहरुका लागी बनाईएका नागरिकता कानूनहरुप्रति सबैको समर्थन ! एक अर्काले गर्दै आएका अपराधहरु थाहा हुँदाहुँदै आज सम्म सबैका मुख बन्द ! देश लुटेरा दलहरुसंग मिलेर खान सबै अग्रसर ! कसैका अपराधहरु खोजेर पैसा वार्गेनिङ गर्ने र अपराध लुकाएर करोडौंका महल उठाउन सबै प्रतिबद्ध ! देश विरोधि समाचारहरुलाई प्राथमिकता दिने कुरा सबैको साझा धर्म !

दलालहरुलाई पराई भूमीमा लगेर १२ बुँदे कसले गरायो भन्ने कुरा कसले बोल्यो ? ८० लाख नेपालीहरुलाई नेपालबाट विदेशबाट निकाल्ने रणनीति कसको हो भन्ने तथ्य कसले खोल्यो ? देश लुटेराहरुको अकुत सम्पत्तिको श्रोतबारे कसले लेख्यो ? दरबार र दासढुंगा जस्ता अघन्य अपराधहरुबारे कसले वास्तविक सूचना दियो ? विदेशीका लागी नागरिकता ऐन बनाएर देश डुबाउन खोजिएको यथार्थता कसले सम्प्रेषण गर्यो ? एक अर्कालाई राम्रैसंग चिनेका यीनीहरु आज सम्म किन तैं चुप मैं चुप थिए ?

कसले भण्डाफोर गरे नेपालीका अगाडि गिरिजा, शेरबहादुर, पुष्पकमल, बाबुराम, माधव, ओली आदिका काला अनुहार ? कसले लेखे अमेरिकाले हतियार भित्र्याईरहेका समाचार ? कसले चिरफार गरे एमसीसी ? कसले वाचन गरे तिब्बतीहरुलाई गुपचुप बाँडिन थालेका विशेष परिचय-पत्र र नयाँ शरणार्थी भर्तीका योजनाहरु ? यीनीहरुले नेपालीहरुको विदेश पलायन, रोग, भोक, गरीबी, देशको सार्वभौमिकतालाई कहिले मूख्य समाचार बनाए ? शिक्षा र स्वास्थ्यको ब्यापारिकरणका विरुद्ध कति लेखे ?

यीनीहरु माफिया सञ्जालका भरिया हुन्। यीनीहरु विदेशी दुताबासका कर्मचारी हुन। यीनीहरु अपराधका सूचना दबाएर धन कुम्ल्याउने ठगहरु हुन्। यीनीहरु सूचनाका नाममा जहर बेच्ने ब्यापारीहरु हुन्। यीनीहरु कर्पोरेट हाउसहरुका विज्ञापन बोर्डहरु हुन्। विदेशी दुताबास, गैसस र माफियाहरुको खाएर नेपालीहरुलाई गुमराहमा राखेर देशलाई अप्ठारोमा धकेल्न भूमिका खेल्दै आएका यीनीहरु अब आफै संकटमा भासिंदै गएका छन्। यसबाट जोगिने एउटा प्रयास हो गाँड कोराकोर ! यो यीनीहरूमाथि लगानी गर्नेहरूको द्वन्द हो। यीनीहरूले अहिले एक अर्का विरूद्ध जे बोलिरहेका छन्, तीमध्ये एउटा मुद्दा पनि देश र नेपाली जनतासंग सम्बन्धित छैन। यीनीहरु सबैबाट सावधान !

                                                                         

२०७९ माघ २३ १०:४५ बजे

प्रतिक्रिया